काठमाण्डौ । मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ ।एण्ड्रोइड तथा गूगलप्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निशुल्क उपलब्ध गराउने भएको हो ।
डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नु पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत विशाल आचार्यले जानकारी दिए ।
गुगलप्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० क्यास प्वाइन्ट पाउने छन् । यसरी आउने १०० क्यास प्वाइन्ट खर्चेर प्रयोगकर्ताले सोमबार एक घण्टाको अवधिमा दुईवटा क्रिसमस क्याप अर्डर गर्न सक्ने छन् । क्याप अर्डर गर्दा अरु शुल्क लाग्ने छैन । प्रयोगकर्ताले दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको रिचार्जरको कार्यालयबाट क्याप संकलन गर्नुपर्ने हुन्छ ।
‘अहिले डाउनलोड गर्नुस्, समय र पैसाको बचत गर्नुस्’ भन्ने नारासहित रिचार्जरले दैनिक प्रयोगमा आउने सेवाहरु एकैस्थानमा उपलब्ध गराउँदै आएको छ । रिचार्जरले जतिको मोबाइल रिचार्ज गर्यो त्यत्ति नै क्यास प्वाइन्ट दिँदै आएको छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
सेवा र किनमेलका लागि उपयोगी रिचार्जरमा ७० प्रतिशतसम्मको छुटमा सामानहरु किन्न सकिन्छ । त्यसै गरी विभिन्न बैंकहरुसँगको सहकार्यमा शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा ग्याजेट, ईलोक्ट्रोनिक्स, टुर प्याकेज,फर्निचरलगायतका घरायसी उपयोगका सामानहरु पनि किन्न सकिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago