काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने सोचका साथ विभिन्न स्थानमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)को आयोजना गरेको छ।
यही क्रममा कम्पनीले फागुन १३ गते चन्द्रागिरी, १४ गते भक्तपुर तथा ललितपुर र १५ गते बनेपामा कार्यक्रमको आयोजना गरेको छ।
देशका विभिन्न स्थानहरुमा कन्ट्रयाक्टर मिट (ठेकेदार सम्मेलन)सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपीसी सिमेन्टमा केन्द्रित रही आफ्नो कन्ट्रयाक्टर मिटको आयोजना गरेको छ। निर्माणकार्यमा प्राविधिक रुपमा संलग्न सम्पूर्ण ठेकेदारहरुलाई आफ्ना उत्पादन, गुणस्तर प्रक्रिया, उत्पादन प्रक्रिया तथा इन्जिनियरिङ सुझावलगायत प्राविधिक ज्ञान प्रदान गर्ने तथा सिमेन्टको विशेषता सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा ५ सयभन्दा बढीको संख्यामा ठेकेदारहरुले अन्तरक्रियाका लागि सहभागिता जनाएका थिए।
यसैबीच कम्पनीले नयाँ वर्ष २०७९ लाई दृष्टिगत गर्दै ठेकेदारवर्ग लक्षित हात खाली नजाने आकर्षक उपहार योजना पनि सार्वजनिक गरेको छ।
यो उपहार योजना २०७८ फागुन १ गतेदेखि २०७९ बैशाख ३१ सम्म लागु हुने कम्पनीले जनाएको छ। यस उपहार योजनाअन्तर्गत खरिद तथा उपयोग हुने सिमेन्ट बोरा संख्याका आधारमा तिनले विभिन्न आकर्षक उपहार हात पार्न सक्नेछन्। यसका साथै योजनाको अन्त्यमा गोला प्रथा मार्फत ५ जना भाग्यशाली विजेताले बम्पर पुरस्कारका रुपमा काठमाण्डौ–पोखरा भ्रमण प्योकजपनि जित्न सक्ने ब्व्वस्था मिलाइएको छ।
हात खाली नजाने अन्य पुरस्कार
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19