काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर–२०८०’ छात्रवृत्ति कार्यक्रम ल्याएको छ। 

यस छात्रवृत्तिअन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीलाई लक्षित गरी एसईईमा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने कम्पनीले जनाएको छ। 

छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार, दो्रस्रो हुनेलाई रु. ३ हजार ५००, तेस्रो हुनेलाई रु. २ हजार ५०० र सान्त्वनास्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु. १ हजार ५०० कम्पनीले १ वर्षसम्म उपलब्ध गराउनेछ। 

यो छात्रवृत्ति योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट  (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा गई उल्लेखित क्यूआर कोडमा स्क्यान गरी फारम भर्नुपर्नेछ। आवेदकको फारम बुझाउने अन्तिम मिति साउन २१ गतेसम्म तोकिएको छ।