काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ। 

छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थी सहभागी भएका थिए। रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए  ल्याएकी डौफिन राइका मगरलाई सम्मानस्वरूप नगद  रु १० हजार १  प्रदान गरिएको थियो।

यसका साथै कार्यक्रममा सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञ तथा अनुगमन निकायअन्तर्गत जिल्ला शिक्षा इकाइ समिति, हेटौँडा उपमहानगरपालिका वडा नं. ५ को समन्यवयमा स्थान उपलब्ध गराइदिने पिप्ले युवा क्लब तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई कृतज्ञसहित प्रमाणपत्रले सम्मान गरिएको थियो। 

कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालयका प्रधानाध्यापक, शिक्षक क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो।

छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार, दोस्रो हुनेलाई रु. ३ हजार ५००, तेस्रो हुनेलाई रु. २ हजार ५०० र सान्त्वनास्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१ हजार ५०० १ वर्षसम्म उपलब्ध गराउनेछ।

एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिताका साथै आईक्यू परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडी उत्कृष्ट ११ स्मार्ट विद्यार्थी चुनिनेछन्। कार्यक्रममा भाग लिएका विद्यार्थीको नतिजा आउँदो भदौ १ गते कम्पनीको आधिकारिक वेबसाइट (www.riddhisiddhicements.com) तथा फेसबुक पेजमा  (https://www.facebook.com/RiddhiSiddhicements)  प्रकाशित गरिनेछ।