काठमाण्डौ । विश्वकै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले इटहरीमा अर्को नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र खुलेको घोषणा गरेको छ। 

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले इटहरीको सूर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन्। सर्भिस सेन्टरको उद्घाटन कार्यक्रममा गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए। रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट ग्राहक सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे। 

पहिलो आधिकारिक सर्भिस सेन्टर काठमाण्डौको सुन्धारास्थित सीटीसी मलमा रहेको छ। 

रयलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकमाझ बिक्रीपछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ। यस सर्भिस सेन्टरमार्फत सफ्टवेयरसम्बन्धी सेवा, पार्टपुर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैरमान्य स्मार्टफोनहरुको मर्मत सेवा र अन्य धेरै सेवाहरु प्रदान गरिनेछ।

जगदम्बा मोबाइलका नेसनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले त्यहाँ सर्भिस सेन्टर खोलिएको हो। विराटनगर, धरान, बिर्तामोडलगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने उनले बताए। 

रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरुमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दाबी गरेको छ।