काठमाण्डौ । टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ क्याम्पेनका विजेताहरू घोषणा गरेको छ ।

क्याम्पेनको बम्पर उपहारमा टिभिएस एन्टर्क स्कूटर, वासिङ मसिन, रियलमी जिटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो ।

न्यू रामेश्वरम सप्लायर्सबाट बिनिता चौधरीले टिभिएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन प्राप्त गरेका छन् ।

त्यसैगरी, एसबी भिजनबाट बाबुराम बस्नेतले ७ केजीको कोन्का अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनिषा महासेठले ५५ इन्चको पोके कोन्का टेलिभिजन प्राप्त गरेका छन् ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘दैनिक, साप्ताहिक र बम्पर पुरस्कारका सबै विजेताहरूलाई बधाई दिन चाहन्छौं। प्रविधि र नवप्रवर्तनमा रियलमीले निरन्तर नेतृत्व गरिरहेको छ, जसको लागि हामीलाई हाम्रा ग्राहकहरुले माया र साथ दिनुभएको छ । यो अटुट माया र विश्वासको लागि हामी हृदयदेखि नै आभारी छौं।

महान पर्व दशैं, तिहार, एवम् छठ पर्वको उपलक्ष्यमा रियलमीले ‘दशैंतिहार उमङ्गः उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएको थियो ।