काठमाण्डौ । शंकर ग्रूपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइल प्रालिले दुई वटा इयरबडहरू बजारमा ल्याएको छ ।

आकर्षक मूल्य र डिजाइनमा आएका यी दुई इयरबड्सहरुमा उत्कृष्ट गुणस्तरको साउन्ड अनुभवन गर्न सकिने कम्पनीको दाबी छ ।

रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले रियलमी बड्स टि ३०० र रियलमी बड्स टि १०० अन्य इयरबडहरु भन्दा भिन्न रहेको बताए ।

उनका अनुसार ग्राहकहरुले धेरै खर्च नगरिकन नै उत्कृष्ट अडियोको अनुभव पाउन भन्ने उद्धेष्यले इयरबडहरु बजारमा ल्याएको बताए । 
म्युजिकल पावरहाउस रियलमी बड टि ३००

संगीतका पारखीहरूका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त रहेको कम्पनीले बताएको छ । १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभर सहित आउने यस टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ ।

रियलमीको यो टि ३०० इयरबड ४६० एमएएचको ब्याट्री र चार्जिङ केसका साथ रहेको छ । ४० घण्टाको ब्याट्री लाइफ भएको यस बडमा एकदिन भन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले बताएको छ ।

ब्लुटुथ ५.३ टेक्नोलोजीको साथ आउने यो रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ । स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि ३०० को मूल्य ५ हजार ४९९ रुपैयाँ  छ ।

कम्प्याक्ट र डायनामिक रियलमी बड टि १००
कम्प्याक्ट डिजाइनमा आएको यो रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ । १० एमएम ब्यास ड्राइभरको साथमा आउने यस रियलमी टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ । यसको ब्याट्री लाइफ २८ घण्टाको रहेको छ जसले गर्दा दिनभर आनन्दले गीत सुन्न सकिन्छ ।

ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा एआई नोइज क्यान्सिलेसन फिचर पनि छ ।रियलमी टि १०० आईपीएक्स वाटर रेसिस्टेन्ससहित आउँछ जसले पानी र पसिनाबाट सुरक्षा प्रदान गर्दछ ।

स्टाइलिश कालो रंगमा उपलब्ध यस रियलमी बड टि १०० को मूल्य ३ हजार ९९९ रुपैयाँ छ ।