काठमाण्डौ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज नेपालमा सी सिरिजअन्तर्गतको सबैभन्दा स्टाइलिस एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ। सधैँझैँ रियलमीले विश्वभरका युवावर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘डेयर टु लिप’ अवधारणालाई जारी राखेको छ।
रियलमी सी३५ मा फ्लागसिप स्तरको ५० एमपी प्राइमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र एफ/१.८ एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ। रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी३५ले थप एफ/२.८बी राखेको छ।
२०२२ मा सबैभन्दा स्टाइलिस एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाइन गरिएको रियलमी सी३५ ८.१एमएम राइट–एंगल बेजेलका साथ आएको छ। जुन सी सिरिजमा सबैभन्दा पातलो फोन हो। यो डाईनामिक ग्लोइङ डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ। यसबाहेक यो फोन दुई भिन्न रङ– ग्लोइङ ब्ल्याक र ग्लोइङ ग्रिनमा उपलब्ध छ।
सी सिरिजअन्तर्गत रियलमी सी३५ले TUV Smartphone High Reliability Certification र Real Quality गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ।
ग्लष्कयअ त्टज्ञट शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले ब्लत्गत्ग बेन्चमार्कमा २३०७२६ स्कोर प्राप्त गरेको छ। यसबाहेक, रियलमी सी३५, सी सिरीज अन्तर्गतको पहिलो फोन हो, जसमा DRE Dynamic RAM विस्तार गरिएको छ। यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ।
रियलमी सी३५ मा सी सिरिजअन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८ध् फास्ट चार्जको फाइदा लिन सकिन्छ। जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ। यसबाहेक, सी सिरिजअन्तर्गत सी ३५ मा ६.६ इन्च एफएचडी फुलस्क्रिन राखिएको छ। जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ।
नेपाली बजारमा दुई स्टोरेज भेरियन्टको मूल्य रु. २० हजार ४९९ (4GB+64GB) र रु. २१ हजार ९९९ (4GB+128GB) रहेको छ। यी स्मार्टफोन नेपाली बजारमा आज वैशाख ८ देखि उपलब्ध छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago