पोखरा । स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित छौं। नेपालभरि छरिएर रहेका हाम्रा समस्त ग्राहकलाई राम्रो स्तरको सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताअनुरुप हामीले पोखरामा चौथो सेवा केन्द्र स्थापना गरेका छौँ। हामीलाई आशा छ यो सेवा केन्द्रमार्फत हाम्रा ग्राहकले स्मार्टफोनसम्बन्धी हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नेछन्।’
रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर सक्षम जाटियाले भने, ‘हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकको विश्वासलाई झल्काएको छ। यो साथ र विश्वासका लागि हामी सम्पूर्ण नेपाली ग्राहकप्रति आभारी छौँ।’
यस नयाँ सेवा केन्द्रको उद्घाटनसँगै आफ्ना ग्राहकलाई राम्रो स्तरको सेवा र सुविधा प्रदान गर्ने रियलमीको प्रयासलाई नयाँ उचाइमा पुर्याएको छ। यस सेवा केन्द्रमा ग्राहकले अत्याधुनिक प्राविधिक सहयोग र असली पार्टपुर्जालगयत सफ्टवेयरसम्बन्धी मर्मत सेवाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरु छन्। ग्राहकको सेवासुविधालाई ध्यानमा राख्दै फोनमा आइपर्न सक्ने जुनै पनि समस्याको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनीले जनाएको छ।
रियलमीले कम मूल्यमा फ्ल्यागसिप स्तरका सुविधाहरु प्रदान गर्दै आएको छ। जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ।
पोखराको चिप्लेढुंगास्थित मोबाइल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ। ग्राहकले आधिकारिक रियलमी वेबसाइट र एपमार्फत अनलाइन पनि सपोर्ट पाउन सक्नेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19