काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ग्राहकका लागि भोलि असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दैछ। यस फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट–फ्रेन्डली स्मार्टफोन मोडलहरु रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गर्दैैछ।

भेक र यावेशको लाइभ प्रस्तुतिको साथै यस फ्यान फेस्टमा आकाश खड्काको पनि प्रस्तुति रहनेछ। फ्यान फेस्टमा भेकले आफ्ना चर्चित गीतहरु लै बरी लै, एक्लै जिउन सिके, अलपत्र, र अन्य धेरै गीतहरु प्रस्तुत गर्नेछन्। त्यस्तै यावेशले लाखौँ हजाराँै र आकाशले तिमी भएरलगायत आफ्ना अन्य गीतहरु मार्फत दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन्। 

आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट स्मार्टफोनमात्र नभई सर्वोत्कृष्ट अनुभव पनि प्रदान गर्ने रियलमीको प्रतिवद्धतालाई यस फ्यान फेस्टले सार्थक रुप दिएको छ। शुवेच्छा खड्काले सञ्चालन गर्ने यस फ्यान फेस्टमा एभरेष्ट क्रुको नृत्य पनि रहनेछ। साथै, विभिन्न रमाईला गेमहरु पनि राखिएको यो फ्यान फेस्टमा सहभागिहरुले आकर्षक उपहारहरु पनि जित्न सक्नेछन्।

रियलमी ११ एक्स र रियलमी ११ ५जीले स्मार्टफोनको ल्यान्डस्केपलाई आफ्ना उल्लेखनीय सुविधाहरु र आकर्षक डिजाइनको साथ पुनः परिभाषित गर्ने सम्भावना धेरै छ। रियलमी ११ एक्स र रियलमी ११ ५जीको कुरा गर्दा दुवै स्मार्टफोनमा मिडियाटेकको डाइमेन्नसिटी ६१००+ को पावरफुल चिप्सेट, ६.७२ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको अल्ट्रा स्मुद डिस्प्ले रहेको छ। क्यामराको कुरा गर्दा रियलमी ११ एक्समा ६४ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ भने रियलमी ११ ५जीमा १०८ मेगा पिक्सेलको मेन क्यामरा रहेको छ। रियलमी ११ एक्समा ३३ वाटको फास्ट चार्जर र रियलमी ११ ५जीमा ६७ वाटको सुपरभोक चार्जर रहेको छ।

यो कन्सर्ट सबैका लागि पूर्ण रूपमा निःशुल्क छ।