काठमाण्डौ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दसैँ फोटो कन्टेस्टको सुरुआत गरेको छ। यस फोटो कन्टेस्टमा सहभागी भई विजयीहरुले आकर्षक पुरस्कारहरु जित्ने मौका प्राप्त गर्न सक्नेछन्। 

यस दसैँ फोटो कन्टेस्टमा सहभागी हुनका लागि सर्वप्रथम सहभागीहरुले आफ्नो परिवारसँग दसैँ मनाउँदै गरेको तस्विर खिचेर रियलमीको फेसबुक पोस्टको कमेन्ट बक्समा सेयर गर्नुपर्नेछ। यसका साथै, रियलमीको फेसबुक र इन्स्टाग्राम पेजलाई लाइक र फलो पनि गर्नुपर्नेछ।

सबैभन्दा धेरै कमेन्ट तथा लाइक  प्राप्त गर्ने  फोटोलाई भाग्यशाली विजेता घोषणा गरिनेछ। कात्तिक २ गतेबाट सुरु भएको यस दसैँ कन्टेस्टमा कात्तिक १३ सम्म सहभागी हुन सकिनेछ।