काठमाण्डौ । विश्वभर तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लागसिप किलर सार्वजनिक गरेको छ। 

जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गर्दछ। फ्लागसिप उत्पादनका साथै मध्यमदेखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषताहरु प्रदान गर्दछ।

उद्घाटन समारोहमा कम्पनीका सीईओ स्काई लीले भने, ‘विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागसिप किलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको शुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्लागसिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको हो।’ उपभोक्ताका लागि अधिकतम फ्लागसिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच पुर्याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको त्यही प्रतिबद्धताअनुसार आफूहरु अघि बढिरहेको उनले बताए। 

रियलमी जीटी – एक नयाँ फ्लागसिप किलर

गति–प्रेरित डिजाइन

यसको डिजाइन ग्राण्ड टुरर्स (जीटी) स्पोर्ट कारमा आधारित छ, जसले उच्च गति, लामो दूरी लगायतका असाधारण विलासी प्रदर्शनीका लागि उत्कृष्ट मानिन्छ। यही अवधारणा अनुरुप रियलमीको जीटी सिरिजको यस फोनमा पछाडिपट्टि थ्रीडी लाइट प्रतिविम्व गर्ने आकृतिका साथ ग्लास कभरको  डिजाइन र फोनको लम्बाइमा भेगान–लदर संस्करणको खोल छ जसमा तेज रफ्तारको संकेत प्रतिबिम्बित गरिएको छ, जसले रसिंग कारको रफ्तारको प्रस्तुति मानिएको छ।

जोशिलो नीलो र जोशिलो चाँदी रंगको गरी ग्लास भर्जन दुई कलरमा आएको छ। फोनको पछाडि शुटिङ एरो प्याटर्न देख्न सकिन्छ, जुन गति र प्रगतिशीलताको प्रतीक हो। 

यसैबीच भेगान लेदर संस्करण रेसिङ एलो रंगमा उपलब्ध छ, जुन मोबाइल फोन डिजाइनमा एकदमै विरल रंग हो। यो डवल टोन लेदर डिजाइनमा निर्माण भएको पहिलो उत्पादन हो, जुन अद्वितीय डिजाइनमात्र नभएर डिलक्स लुक्सका साथै फ्रिंगरप्रिन्ट प्रतिरोध, एन्टी सोडर तथा एन्टी क्रयाक फिचर्सहरु रहेका छन्।

सशक्त ऊर्जा शक्ति

रियलमी जीटी क्वालकम स्न्यापड्रागन ८८८ रहेको छ, जुन सम्भवतः सबैभन्दा परिस्कृत चिप हो। जसमा नयाँ प्रभावशाली एलपीडीडीआर ५ आरएएम र उच्चस्तरीय युएफएस ३.१ स्टोरेज रहेको छ। जसले विश्वभरका प्रयोगकर्ताका लागि फ्लागसिप ग्रेड प्रदर्शनका लागि काम गर्छ। 

उन्नत प्रोसेसिङ टेक्नोलोजीका साथ रियलमी जीटीेमा जडित क्वालकम स्न्यापड्रागन ८८८ चिपले मोबाइल फोनलाई एआई कम्प्युटिङ पावरमा परिस्कृत संस्करणका रुपमा अघि सारेको छ। बलियो र ठूलो कोर्टेक्स एक्स वान कोर र तीन नयाँ संस्करणको उच्च प्रदर्शन गर्ने  ए७८ कोरहरुले गर्दा फोनको सीपीओले सम्पादनलाई २० प्रतिशतसम्म बढाउनका साथै ब्याट्री खपतलाई ५० प्रतिशतसम्म कम गर्न सहयोग पुर्याउँछ। 

निरन्तर स्थिर प्रदर्शन

’कुलेस्ट ८८८’ सिर्जना गर्ने उद्देश्यका साथ रियलमी जीटीले नयाँ पुस्ताका स्टेनलेस स्टिल भिसी कुलिङ सिस्टम प्रयोग गरेको छ जसले फोनको तापक्रम नियन्त्रण गरी टिकाउ र  अधिकतम प्रदर्शनीका लागि भुमिका खेल्छ। परीक्षणका क्रममा स्टेनलेस स्टिल भिसी कुलिङ सिस्टमले परम्परागत कपर भिसी कुलिङ सिस्टमको भन्दा ५० प्रतिशत कुलिङ पावर प्रदर्शन गरेको अर्थात् आधा तापक्रम घटाउन मद्दत गरेको पाइएको छ। जुन सीपीयु कोरको तापक्रम १५ डिग्री सेल्सियससम्म तापक्रम घटाउन क्षमतावान् हुनु हो।

थप यसका विशेषताका रुपमा वजन १८६ ग्राम भन्दा कम र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५ सय एमएएच् ब्याट्री र ६५ वाट सुपरडर्ट चार्जिङ सपोर्टर रहेको छ जसले फोनलाई केवल ३५ मिनेटमा पुर्ण चार्ज गर्न सहयोग गर्छ।

रियलमीका बजार प्रवन्धक अलेसियो ब्राडेले भनेका छन्, ‘रियलमी जीटी बजारमा ल्याउन पाउँदा हामी गर्वान्वित महशुस गरिरहेका छौँ, जीटी कार जस्तै मोबाइलको डिजाइन पनि उच्च प्रदर्शन गर्ने गरी निर्माण गरिएको छ जसले फ्लागसिप फोनमा रुचि राख्ने सबैलाई फरक र उत्कृष्ट अनुभूति प्रदान गर्छ।’ यसले रियलमी जीटीको प्रयोगका लागि प्रयोगकर्तालाई अझ बढी आकर्षण गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

अन्य विशेषताहरु

फ्लैगसिप स्क्रिन – रियलमी जीटीमा ६.४३ इन्च १२० हर्ट्जको सामसुङ सुपर एमोलेड डिस्प्ले रहेको छ जसले हार्डकोर गेमरहरूलाई पनि सम्पादनमा उच्च प्रतिक्रिया प्रदान गर्दछ।

डबल लाइट सेन्सर – अगाडि र पछाडिको  डुअल प्रकाश सेन्सरले ४०९६ को स्वतः चमक स्तर प्रदान गर्दछ।

अधिक कनेक्टिविटी – प्रमुख ५जी ब्यान्ड बाहेक, रियलमी जीटीले प्रचलित उद्योगको द्रुत वाइफाइ र नवीनतम ब्लुटुथ टेक्नोलोजी समर्थन गर्दछ।

उत्कृष्ट अडियो – स्मार्टफोनमा डल्बी एटमस डुअल स्टीरियो स्पिकर, हाई–रेज अडियो, र ३.६ एमएम अडियो ज्याक रहेको छ जसले  कम विलम्बता र कम हस्तक्षेप हुने गरि चार्ज गर्छ।

फ्ल्यागसिप क्यामेरा – रियलमी जीटीमा  सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान  छ जसमा नयाँ नइट पोट्रेट मोड र एआई क्षमता रहेकोले व्यावसायिक फोटोहरू खिच्न सकिन्छ।

अपरेटिङ प्रणाली – रियलमी जीटी पहिलो उपकरणहरूमध्ये एक हो, जुन एन्ड्रोइड १२ बीटा १ लाई समर्थन गर्दछ। रियलमीले यस वर्षको अन्तमा नयाँ रियलमी युएआई सुरु गर्नअघि आफ्नो प्रयोगकर्ताको प्रतिक्रिया संकलन गर्न एन्ड्रोइड १२ डेभालपर पूर्वावलोकन कार्यक्रम जारी राख्नेछ ।

विशेष जीटी मोड – केवल रियालमी जीटी शृंखलामा उपलब्ध जीटी मोड, विशिष्ट प्रदर्शन चाहने प्रयोगकर्ताहरूको लागि सिर्जना गरिएको हो। यसमा समावेश छ उच्च प्रदर्शन गर्ने फुल सिन कभरेज मोड र हाई–फ्रेम–रेट गेमिंगको थप अप्टिमाइजेसन,  जसले प्रयोगकर्ताहरूलाई एक सहज अनुभव प्रदान गर्दछ र गेमिंगमा बढी टिकाउ र स्थिर उच्च फ्रेम रेट को अनुभव दिन्छ।

रियलमी जीटी हाल पोल्याण्ड, स्पेन, रसिया र थाइल्याण्ड लगायत केही बजारमा उपलब्ध गराइएकोमा चाँडै विश्वभरका बजारमा पुर्याउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ।