काठमाण्डौ। स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो युथ फ्ल्यागसिप स्मार्टफोन रियलमी ९ प्रोे+ ५जी नेपाली बजारमा छिटै सार्वजनिक गर्दैछ। 

उत्कृष्टताका साथ तयार गरिएको यो स्मार्टफोनमा मध्य–दायरा खण्डमा फ्ल्यागसिप क्यामेरा र शक्तिशाली ५जी प्रोसेसर रहेको छ। यसका साथै यस स्मार्टफोनमा रङ परिवर्तन इफेक्ट भएको सुन्दर लाइट सिफ्ट डिजाइन रहेको छ। 

आफ्नो नम्बर सिरिजमा रियलमीले फेरि पनि विश्वभरका प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव प्रदान गर्न मध्यदेखि उच्च खण्डमा थप विस्तार गरिरहेको छ। 

रियलमी ९ प्रो +५जी दुई आकर्षक रङमा आउनेछ। मिडनाइट ब्ल्याक र अरोरा ग्रीनसहित दुई भेरियन्टहरुमा उपलब्ध हुनेछ — 6+128GB / 8+128GB।

यो स्मार्टफोनमा फ्ल्यागशिप ट्रिपल क्यामेरा सेटअप रहेको छ। जसमा ५० एमपी प्रमुख क्यामेरा, ८ एमपी सुपर वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा रहेको छ। आफ्नो खण्डमा सोनी आईएमएक्स७६६ सेन्सर हुने यो पहिलो स्मार्टफोन हो। हाई डाइनामिक रेन्जको सेन्सरले भिन्न एक्स्पोजर लेभलसहित सुन्दर तस्विरहरु खिच्न मद्दत गर्दछ। कम उज्यालो भएको अवस्थामा पनि यो स्मार्टफोनको १६ एमप फ्रन्ट क्यामेराले क्लियर फ्युजन एल्गोरिदमको मद्दतले आकर्षक सेल्फीहरु खिच्न मद्दत गर्दछ र तस्बिरमा सबै व्यक्तीहरु सुन्दर देखिनेछन्। 

मेडियाटेक डिमेन्सिटी ९२० ५जी प्रोसेसरका साथ अत्याधुनिक टीएसएमसी ६एनएम प्रडक्सन प्रोसेस उपयोग गर्ने रियलमी ९ प्रोे+ ५जी विश्वकै पहिलो स्मार्टफोनमध्ये एक हो। 

४५०० एमएएच् ब्याट्री भएको रियलमी ९ प्रोे+ ५जी स्मार्टफोनलाई ६०डब्ल्यू सुपरडार्ट चार्ज सपोर्टको मद्दतले १५ मिनेटमै ५०% चार्ज गर्न सकिन्छ र १००% चार्ज गर्न मात्र ४४ मिनेट भए पुग्छ। 

यसमा ९० हर्ज रिफ्रेस रेट र ३६० हर्ज टच नमुना दरका साथ ६.४” सुपर अमोल्ड डिस्प्ले समावेश छ। जसले प्रत्येक स्वाइपका साथ सहज अनुभव दिन्छ। ९०.८% को स्क्रिन–टु–बडी अनुपात र १००० निट क्षमताका साथ यो फोनले उत्कृष्ट दृश्यको अनुभव दिन्छ।