काठमाण्डौ । संसारको सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्डले रियलमीले नेपालमा रियलमी ९ शृंखलाको पछिल्लो थप  शृंखला नेपालमा चाँडै ल्याउने भएको छ। 

रियलमी ९ यो सामसङ ISOCELL HM6 इमेज सेन्सरका साथ आउने विश्वको पहिलो स्मार्टफोनमध्ये एक हुनेछ। जसले कम प्रकाशमा फोटोमा उल्लेखनीय रुपमा उज्यालो र राम्रो रंग संयोजन प्रदान गर्दछ।

रियलमी ९ स्नापड्रागन ६८० प्रोसेसरको साथ आउनेछ। जुन ६एनएम प्रक्रियामा आधारित छ। यो स्मार्टफोन ९० हर्ट्जको सुपर एमोलेड डिस्प्लेसहित १०२४०–स्तरको ब्राइटनेस समायोजनको साथमा उपलब्ध हुनेछ।

यसमा रहेको १६एमपी सेल्फी क्यामेरा फिचरले अँध्यारोमा समेत प्राकृतिक र मुलायम छालाको सेल्फी फोटो लिनको लागि उपयुक्त हुनेछ। यसमा ५०००एमएएचको विशाल ब्याट्री क्षमताका साथ ३३डब्ल्यू डार्ट चार्ज टेक्नोलोजीद्वारा सुसज्जित हुनेछ।

यसले मुटुको गति पत्ता लगाउने इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर र डायनामिक र्याम विस्तार प्रविधि–डीआरई पनि समावेश गर्दछ। जसले पहिले अवस्थित र्याममा ५जीबीसम्म थप्न सक्छ। यो ७.९९ एमएम स्लिम छ र तौल १७८ ग्राम मात्र छ। यो स्मार्टफोन एन्ड्रोइड १२ मा आधारित पूर्व इन्सटल्ड रियलमी यूआई ३.० सँग आउनेछ।

यसमा मरुभूमिबाट आएको प्रकाशबाट प्रेरित रिपल होलोग्राफिक डिजाइन हुनेछ। जसले प्रकाश परिवर्तनको थ्रीडी प्रभाव प्रदान गर्दछ।

रियलमी ९ यस महिनाको अन्त्यमा धेरै रङ विकल्प र र्याम/स्टोरेज भेरियन्टहरुमा लन्च हुने अपेक्षा गरिएको छ।