काठमाण्डौ। काउन्टप्वइन्टको अनुसन्धानअनुसार विश्व बजारको वरियताक्रममा उत्कृष्ट ६ स्मार्टफोन बिक्रेताभित्र पर्न सफल रियलमी विश्वकै सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड भएको छ।
यो सूचीभित्र पर्नका लागि रियलमीले वित्त वर्ष २०२१ को दोस्रो त्रैमासमा १५० करोड आफ्नो उत्पादन बजारमा उपलब्ध गराएर गत वर्षको यही अवधिको तुलनामा १३५.१ प्रतिशतको वृद्धि गरेको छ। यो उल्लेखनीय उपलब्धि रियलमीले मात्र तीन वर्षमा हासिल गरेको हो। जब कि पहिलो स्थानमा रहेको सामसुङको ६.३% वृद्धि रहेको छ।
‘गएको तीन वर्षमा नै रियलमी एक भर्खर जन्मिएको बिरालोको बच्चा केही समयमा नै बाघ बनेजस्तो गरेर आक्रामक रुपले बजारमा विस्तारित भइरहेको छ। विश्वभरिका २९ वर्षमुनिका युवाहरु प्रतिलक्षित रियलमी ग्राहकलाई असाधारण उत्पादन ल्याउन कटिबद्ध छ’, सीईओ स्काई लीले भने।
कसैले नसुनेको ब्रान्डबाट आफ्नो सुरुआत गरेको रियलमी आज विश्वको ६१ भन्दा धेरै बजारमा आफ्ना ग्राहकको अपेक्षालाई पूर्ण गर्दै आएको छ। यीमध्ये १८ वटा बजारमा त रियलमी उत्कृष्ट ५ भित्र सफल बन्न सकेको छ। स्रोतहरुका अनुसार वित्त वर्ष २०२१ को दोस्रो त्रैमासमा फिलिपिन्स र बंगलादेशमा पहिलो श्रेणीमा थियो भने रुसमा तेस्रो, भारतमा चौथो र युरोपमा पाँचौं स्थानमा रहेको थियो।
स्थापनाकालदेखि आफ्नो सबैभन्दा धेरै उत्पादन बजारमा उपलब्ध गराउने ब्रान्डहरुमध्ये रियलमीले १० करोड आफ्नो ब्रान्ड उपलब्ध गराएको थियो।
ग्राहकको मागलाई ध्यानमा राख्दै नवीन प्रविधिहरुलाई आत्मसाथ गरेर सुन्दर डिजाइन र प्रयोगमैत्री उत्पादन निकाल्नु नै रियलमीको सफलताको सूत्र हो। ६४ एमपी क्यामेराको सेग्मेन्टमा अग्रणी रियलमीले एन्ड्रोइडमा म्याग्नेटिक वायरलेस चार्जिङ टेकको परिचय विश्वमा पहिलो पटक गराएको थियो। यस्तै नवीनता र विकासका प्रवृतिहरुले गर्दा रियलमी आज युवाहरुलाई मोहित पार्न सफल भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago