काठमाण्डौ । विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले DXOMARK चार्जिङ टेस्ट इतिहासमा नयाँ रेकर्ड बनाएको छ।
रियलमी जिटी नियो ३ ले विश्वव्यापी रुपमा सबैभन्दा छिटो स्मार्टफोन चार्ज गर्ने प्रविधि १५० वाट अल्ट्राडार्ट चार्जका साथ प्रिमियम मोवाईल अनुभव प्रस्तुत गरेको छ। यसले प्रयोगकर्ताको ब्याट्री ५ मिनेटमा ०% देखि ५०% सम्म चार्ज गर्छ र बिना कुनै अवरोध प्रकाशको गतिमा काम गर्छ।
उपभोक्ताका लागि उत्कृष्ट उत्पादन छनोट गर्नका लागि DXOMARK ले जिटी नियो ३ का सुविधाहरुको हालै मूल्यांकन गरेको छ। पछिल्लो घोषणाअनुसार रियलमी जिटी नियो २ चार्जिङ समयमा १२१ चार्जिङ सब–स्कोरको साथ DXOMARK परीक्षणमा शीर्ष स्थान बनाएको छ।
त्यसैगरी जिटी नियो २ ५जी र एप्पल आई फोन १३ प्रो म्याक्स क्रमशः १०१ र ७३ चार्जिङ सबस्कोर प्राप्त गरेको छ। प्रभावशाली चार्जिङ स्पिड बाहेक, सुरक्षा र स्थायित्वका पक्षहरु पनि रियलमी जिटी नियो ३ का प्राथमिकतामा छन्।
स्मार्टफोनका लागि फास्ट चार्जिङ प्रविधि आधुनिक प्रविधिमा सबैभन्दा महत्वपूर्ण प्रगतिहरुमध्ये एउटा हो। किनकि यसले उपकरणको उपयोगिता र पोर्टेबिलिटीमा सुधार गर्छ। नतिजाका रुपमा प्रयोगकर्ताले विस्तारित अवधिका लागि सार्न सक्ने क्षमताको फाइदा लिन सक्छन् र समय बचत गर्न सक्छन्।
प्रयोगकर्ताका रुचि र आवश्यकता पूरा गर्न रियलमी जिटी नियो ३ अल्ट्राडार्ट डुअल– चिपसेटसहित सुसज्जित छ। नयाँ ४ः२ हाई पावर चार्जिङ आर्किटेक्चरले ब्याट्री चार्जिङ क्षमतामा सुधार गर्छ र स्रोतबाट चार्ज गर्दा हुने चार्जिङ क्षमताको नोक्सानलाई कम गर्छ।
दोस्रो उच्च क्षमता भएको चार्ज पम्पले चार्ज गर्दा हुने तातो घटाउँछ। कम तापक्रममा चार्ज बढी टिक्छ र चार्जिङ स्पीड राम्रोे हुन्छ।
डुअल सेल सिरिज संरचनाको साथ, दुई २२५० एमएएच सेलहरु सिरिजका साथ ब्याट्रीभित्र जोडिएका छन्। जुन ४५०० एमएएच बराबर छन्। डुअल सिरीज स्ट्रक्चर डिजाइनले चार्जिङ पावरलाई एउटै चार्जिङ करन्टसँग सजिलै दोब्बर बनाउन सक्छ।
ब्याट्री सेन्स सेल भोल्टेज पत्ता लगाउने प्रविधि अपनाएर उपकरणले ब्याट्री सुरक्षा सर्किटबाट हुने त्रुटिहरुलाई नियन्त्रण गर्दै प्रभावकारी रुपमा सेलहरुको भोल्टेज सही रुपमा पत्ता लगाउन सक्छ। यसले चार्ज गर्दा थप वास्तविक चार्जिङ रणनिति अपनाई समग्र चार्जिङ समय छोटो बनाउँछ।
ब्याट्रीको आयुको सन्दर्भमा जिटी नियो ३ ले १६०० पूरा चार्ज र डिस्चार्जपछि ८० % भन्दा कम ब्याट्री क्षमताको साथ टिकाउ, फास्ट चार्जिङ प्रयोग गर्दछ। जुन औद्योगिक मापदण्डको दोब्बर हो। दीर्घकालिन रुपमा यसले प्रभावकारी ब्याट्री क्षमतामा आएको गिरावटलाई धेरै कम गर्न सक्छ र लामो समयसम्म प्रयोग गरेपछि फोन लामो समयसम्म टिक्ने सुनिश्चित गर्न सक्छ।
विशेषगरी हालको ५जी को समयमा पmोनमा भएको ४५०० एमएएच् ब्याट्री क्षमताले लामो समयसम्म टिक्ने ग्यारेन्टी दिन्छ। दैनिक प्रयोगमा दु्रत चार्जले ठूलो ब्याट्रीलाई पूरक बनाउँछ र चार्जको स्पीडमा भएको वृद्विले उपकरणको दक्षता र उपयोगितालाई सशक्त बनाउँछ। जिटी नियो ३ ले दीर्घकालीन ठूलो ब्याट्रीको आयुको सुरक्षालाई प्राथमिकतामा राखेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago