काठमाण्डौ । संसारमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले ‘रियलमी यूआई विजेट को–क्रिएसन’ क्याम्पेन आयोजना गर्ने भएको छ। 

यो क्याम्पेनमा एप डेभलपर, यूएक्स डिजाइनर एवं स्मार्ट फोन कम्पनीमा काम गर्ने कर्मचारीदेखि लिएर सर्वसाधारणसमेत सहभागी हुन सक्नेछन्। विश्वभर छरिएर रहेका आफ्नो रियलमी फ्यानहरुसँग मिलेर नयाँँ रियलमी यूआई विजेट सहसिर्जना गर्दै सिर्जनात्मक तरिकाले भौतिक संसार र डिजिटल संसारलाई जोड्ने उद्देश्यले यो क्याम्पेन आयोजना गरिएको आयोजक रियलमीले जनाएको छ। 

यसका साथै यो क्याम्पेनले उपभोक्ताहरुलाई रियलमीको भविष्यको यूआई विजेट कस्तो हुनेछ भनेर प्रभावकारी भूमिका खेल्न र सहसिर्जना गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ। यसरी बनाइने नयाँँ विजेट विल्कुलै भिन्न र कटिङ एज डिजाइन युक्त मात्र नभै उपभोक्ताहरुको दैनिक प्रयोगका लागि आवश्यक फंसनालिटीहरु पनि समावेश गरिनेछ। 

यसैगरी यसमा हरेकपटक स्क्रिन अनलक गर्दा आवश्यक सूचनाहरु पनि प्रदान गर्ने गरी डिजाइन गरिने कम्पनीले जनाएको छ। यस यूआई विजेटको मुख्य काम आवश्यक सूचनाहरु होम स्क्रिनमा सरल तरिकाले देखिने बनाउनु हो। त्यसैले यस सहसिर्जनात्मक कार्यमा रियलमीले सहभागीहरुबाट रोचक र नवीन आइडियाहरुको अपेक्षा गरेको छ। 

आइडिया प्रदान गर्ने अन्तिम मिति कात्तिक २९ गते दिउँसो २ बजे सम्म तोकिएको छ। छनोट गरिएका आइडियाहरु मंसिर २२ गते सर्वजनिक गरिनेछन्। एकजना सहभागीले एकभन्दा बढी आइडियाहरु प्रदान गर्न सक्नेछन्। 

यसका लागि को–क्रिएसन टेम्पेलेट डाउनलोड गरेर सोही टेम्पलेट अनुसार एन्ट्री र सम्बन्धित डिजाइनहरु पूरा गर्नुपर्ने हुन्छ। PDF, DOC, DOCX, PNG, JPG, JPEG फर्म्याटका फाइलहरु मान्य हुनेछन्। 

आइडिया मान्य भएको खन्डमा रियलमी जीटी नियो ३ र एक्स्क्लुसिभ कम्युनिटी ब्याज प्रदान गरिनेछ। सहभागी सम्पूर्णले नयाँँ रियलमि यूआई विजेटको अर्ली एक्सेस भर्जन प्रयोग गर्ने अवसर पाउनेछन्। 

आफ्नो आइडिया प्रदान गर्नका लागि https://www.realme.com/global/2022realmecocreatewidget वा https://bit.ly/3MZ6VGN मा जान सकिनेछ। यसका साथै सर्त तथा बन्देजहरु पनि अध्ययन गर्न कम्पनीले आग्रह गरेको छ।