काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स देशका विभिन्न स्थानमा रहेका २२ वटा शाखा तथा उपशाखाहरुका लागि शाखा प्रमुखमा आवेदन खुला गरेको छ।
कम्पनीले प्रदेश १ का धुलाबारी, पथरी, सुरुङ्गा, विराटचोक, रंगेली, दुहबी, खाँदबारी, गौरादह र खाँदबारी शाखामा शाखा प्रमुखका आवेदन खुला गरेको छ।
यसैगरी प्रदेश २ को जलेश्वर र यधुकोहा, बागमती प्रदेशको हाकिमचोक भरतपुर तथा गण्डकी प्रदेशको बिरौटा पोखरास्थित शाखाका लागि पनि शाखा प्रमुखको आवेदन खोलेको छ।
कम्पनीको लुम्बिनी प्रदेशका भने बर्दघाट, सन्धिखर्क, मणिग्राम, श्रीनगर, लिवाङ र भालुवाङ शाखामा पनि शाखा प्रमुख आवेदन दिन सकिनेछ। त्यस्तै कर्णाली प्रदेशको मेहलकुना तथा सुदूरपश्चिम प्रदेशको झलरी र भजनी शाखामा शाखा प्रमुखका लागि कम्पनीले आवेदन खोलेको छ।
शाखा प्रमुख आवेदन दिन इच्छुक उम्मेदवारले कम्तीमा पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएका आवेदकहरुलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको ७ दिनभित्र jobs@relifeinsurance.com मा निवेदन पठाउन कम्पनीले आग्रह गरेको छ। निवेदनमा आफूले आवेदन दिन चाहेको शाखा र उपशाखा खुलाउन पनि कम्पनीले अनुरोध गरेको छ।
हाल कम्पनीले देशका विभिन्न ९७ शाखा तथा उपशाखामार्फत ग्राहकलाई जीवन बीमा योजना तथा सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago