 
                     
                                
                             
                                    काठमाण्डौ । हालैमात्र साधारण सेयर निष्कासन सम्पन्न गरेको रुरु जलविद्युत परियोजना लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो सेयर रजिस्ट्रार नियुक्त गरेको छ।
आज आइतबार रुरु जलविद्युत परियोजना र एनआईबिएल एस क्यापिटलबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भएको हो। आजबाटै यो सम्झौता लागू हुनेसमेत जनाइएको छ।
सम्झौतापत्रमा रुरु जलविद्युत परियोजनाका तर्फबाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। उक्त कार्यक्रम एक समारोहबीच काठमाण्डौको हात्तीसारस्थित रुरु जलविद्युत परियोजनाको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।
रुरु जलविद्युत परियोजना कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएको कम्पनी हो। यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ।
रुरु जलविद्युत परियोजनासहित एनआईबिएल एस क्यापिटल सेयर रजिस्ट्रार रहेको कम्पनीको संख्या ४७ पुगेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19