काठमाण्डौ। १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ। 

दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ। उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ। 

डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो। दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८४५ पर्ने डिशहोम फाइबर नेटको प्याकेज खेल १ रुपैयाँको गेममा भाग लिएर जित्न सकिनेछ। 

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्बो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ। ग्राहकलाई थप सेवासुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ। यसबाट ग्राहकले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्ने डिमहोमले जनाएको छ।