काठमाण्डौ । केही समयअघि मात्रै कारोबार सुरु गरेको हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नं. ६३)ले ग्राहकको सुविधाका लागि ऐतिहासिक घोषणा गरेको छ। 

यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर खोल्न सक्ने तथा साथमा आजीवन नवीकरण हुने घोषणा गरेको हो। जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण हुनेछ। 

यो योजना कात्तिक महिना नवदुर्गाको नवौँ दिनसम्मका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ।