काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट ११एस र रेडमी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ। 

हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो। शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ। 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘हामीले जुनै पनि नयाँँ काम गर्दा हाम्रा उपभोक्ताको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने गर्दछौँ। त्यसैले हामी प्रविधिलाई सकेसम्म धेरैभन्दा धेरै मानिससम्म सहज रुपमा पुर्याउन चाहन्छौँ। हामीले अहिले लन्च गरेको रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५जीले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ र प्रविधिलाई सुलभ मूल्यमा सर्वसाधारणसम्म पुर्याउने हाम्रो मूल मान्यतालाई साकार बनाएको छ।’

रेडमी नोट ११ प्रोमा Snapdragon ® 695  र रेडमी नोट ११ एसमा मिडियाटेक हेलियो प्रोसेसर रहेको छ। ‘हाम्रो विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराका साथ स्याभेज पर्फर्मेन्स दिन्छन्’, पंडाले भने, ‘यी दुइटै फोनहरुमा ५००० एमएएचको उच्च क्षमताको ब्याट्री राखिएको छ।’ 

उत्कृष्ट फोटोग्राफिको लागि फ्ल्यागशिप लेभलको क्यामरा 

१०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जीवन्त र हाई रेजोलुसनको तस्बिरहरु लिन मिल्छ। यसका साथै यसमा भएको ८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुका साथै २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ। 

यसको २ एमपी डेप्थले पोट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ। १/१.५२ को सामसँग एचएम२ सेन्सर, ९ इन १ पिक्सेल बिनिङ टेक्नोलोजी र डुअल नेटिभ आईएसओ भएको यसको मेन क्यामराले मधुरो प्रकाशमा पनि उच्च गुणस्तरीय तस्बिरहरु लिन सक्छ।

यसको अगाडि भएको १६ एमपीको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ। 

मूल्य

रेडमी नोट ११ एस

  • ६जीबी+१२८ जीबी– रु २९,९९९/–
  • ८जीबी+१२८ – रु ३१,९९९/–

रेडमी नोट ११ प्रो ५न्

  • ६जीब+१२८जीबी– रु ३६,९९९/–
  • ८जीबी+१२८जीबी – रु ३९,९९९/–