काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी बडस् ३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ।
शाओमीको रेड्मी बडस् ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताइएको छ। रेड्मी बडस् ३ लाइटमा प्रभावशाली सुविधाहरुका साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टा सम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरु छन्। जसले प्रयोगकर्तालाई क्वालिटी साउन्ड प्रदान गर्छ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘रेड्मीले निरन्तर नयाँ ट्रेन्डहरु सेट गर्दै स्मार्टफोन र एक्सेसरिजहरुको विस्तृत क्याटेगोरीका साथ औधोगिक बेन्चमार्कहरु पार गरेको छ। त्यसैगरी हालको ट्रेन्डलाई ध्यानमा राख्दै रेड्मीले नयाँ रेड्मी बडस् ३ लाइट– ‘बडस् फर फन’ लन्च गरेको छ। रेड्मीको बडस् ३ लाइटमा लामो समयसम्म टिकाउ ब्याट्री, हल्का र टच अपरेशनको साथ नोइज क्यान्सलेसनजस्ता थुप्रै विशेषताहरु समावेश छन्।’
नयाँ लक–इन डिजाइन
रेड्मीको बडस् ३ लाइटको तौल ३५ ग्रामभन्दा कम छ। यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्ध छ। यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदायी बनाउँछ। जसले रेडमी बडस् ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ।
बेस्ट बिट अनि राम्रो बेस
रेड्मीको बडस् ३ लाइटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याबद्वारा ट्युन गरिएको ६एमएमको डायनामिक ड्राइभर समावेश गरिएको छ।
ड्रप अफ कल्स अब नो मोर
राम्रो र स्पष्ट इन–कल अडियो अनुभवका लागि रेड्मीको बडस् ३ लाइट ब्लुटुथ ५.२ का साथ निर्मित छ। जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ। टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बडस् ३ लाइटमा अटो पेयरिङको सुविधा सुनिश्चित छ।
राम्रो प्लग र चार्ज
टाइप–सी चार्जर समर्थन गर्ने रेड्मीको बडस् ३ लाइटसँग ५ घन्टाको चार्जमा पाइन्छ १८ घन्टासम्म म्युजिक प्लेब्याक।
धुलो र पानी प्रतिरोध
जिम होस् वा दैनिक यात्रा आईपी५४८ को धुलो र पानी प्रतिरोधी डिजाइन र अविश्वसनीय पर्फमेन्सको साथ रेड्मीे बडस् ३ लाइटको आनन्द लिन सकिन्छ।
रेड्मी बडस् ३ लाइट कालो रङमा रु ३ हजार ३९९ मा उपलब्ध छ। रेड्मी बडस् ३ लाइट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक एमआई स्टोरहरुमा उपलब्ध हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago