काठमाण्डौ । रेणुु दाहालले जारी राखेकी एमालेसँगको मत अन्तर घटाउने अभियान रोकिएको छ । दाहाललाई रोक्दै भरतपुरमा पुनः एमालेले मत अन्तर बढाउँदै लगेको छ । 

पछिल्लो परिणाम अनुसार एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीले १४ सय ५९ मत अन्तरको अग्रता लिएका छन् । 

वडानम्बर १६ को प्रारम्भिक मतगणनापछि पुनः एमालेले आफ्नो अग्रताको यात्रालाई कायम राख्ने सफलता पाएको हो । हालसम्म देवी ज्ञवालीले ३३ हजार ७  सय ३८ मत ल्याएका छन् भने रेणुु दाहालले ३२ हजार २ सय ७३ मत ल्याएकी छिन् । 

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३५ हजार ८ सय ५० मत ल्याएकी छिन् भने उनलाई एमालेकी दिव्या आचार्यले ३० हजार ५ सय मतले पछ्याइरहेकी छिन् । 

यहाँका १ लाख ५२ हजार कुल मतदातामध्ये १ लाख १२ हजार मत खसेको थियो ।