काठमाण्डौ । नेपाल र भुटानको आयोजनामा १२ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले उद्घाटन गरेका थिए । ललितपुरमा उक्त कन्फरेन्स सम्पन्न भएको हो ।
सम्मेलनमा ‘युवामालगानी’ विषयमा समेत बृहत छलफल भएको थियो ।
रोट्रयाक्टले आयोजना गर्ने वार्षिक कार्यक्रमअन्तर्गत १२ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स भएको हो । सम्मेलनलाई सफल पार्न रोट्रयाक्ट क्लब अफ विराटनगर, महाबौद्ध, काष्ठमण्डप, पाटन वेस्ट र बालाजुले संयुक्त रूपमा व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए ।
नेपालभर १ सय २७ वटा रोट्रयाक्ट क्लब रहेका छ्न । जसमा ८२ वटा क्लब कन्फरेन्समा सहभागी रहेको डिष्टिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ (डिआरआर) स्नेहा शाक्यले बताईन् ।
’युवामालगानी’ विषयको सेरोफेरोमा रहेर सम्मेलनमा छलफल गरिएको थियो । विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिहरुलाई सम्मेलनमा प्यानल डिस्कसनमा बोलाएर युवामा लगानी सँगै अन्य विषयमा छलफल गरिएको थियो ।
विगतका वर्षहरुमा जस्तै यसपालिको सम्मेलनमा पनि युवाहरुलाई लक्षित गरेर युवासँग सम्बन्धित विषयमा छलफल भएको थियो ।
युवाहरुलाई सकरात्मक उर्जा प्रदान गर्न र रोट्रयाक्ट र रोटरीको भुमिकाको बारेमा अवगत गराउनमा सहयोग पुगेको आयोजकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago