काठमाण्डौ । डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले जिते नगद एक लाख जितेका छन्।

प्रमुख अतिथि वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फवाट अफिसर राजाराम पौडेल तथा खेमराज देवकोटाको उपस्थितिमा क्षेत्रीय सेल्स म्यानेजर प्रदीप सुवेदीले अधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्। 

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने यो योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले नजिकैको डिलरदाईकोमा गएर फन्ड ट्रान्सफरमार्फत तथा कुनै पनि मोबाइल पेमेन्ट सर्भिसबाट १ वर्षको रिचार्ज गर्दा २ वर्षका लागि टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. १ लाख जित्ने अवसर पाउनेछन्। 

लक्की ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिन्छ।