काठमाण्डौ । चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तर्गत मेयर पदको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ ।
यो महानगरको हालसम्म ६ वटा वडाको मत गणना सकिएको छ । कुल १ लाख १२ हजार ७ सय ४१ मत खसेकोमा अब गन्न ११ हजार मात्र बाँकी छ ।
आइतबार बिहानसम्म एक हजार १ सय ४५ मतले मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहालभन्दा अगाडि छन्। वडा नम्बर १८ मा वडाध्यक्ष कांग्रेसले जितेसँगै एमालेसँगको मतअन्तर रेणुुले घटाएकी हुन् ।
हालसम्म मेयरमा एमालेका उम्मेद्वार ज्ञवालीको मत संख्या ३९ हजार ७ सय ५० पुगेको छ । गठबन्धनकी उम्मेद्वार रेणु दाहाललाई ३८ हजार ६०५ मत आएको छ । अब गन्न बाँकी रहेका वडाहरुमा १९, २०, र २१ वडाहरु हुन्।
हालसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८ र २७ नम्बर गरेर कुल ९ वटा वडामा वडाध्यक्षमा बाजी मारेको छ । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर गरेर तीन वटा वडामा मात्र वडाध्यक्ष जितेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago