काठमाण्डौ । सनराइज बैंक लिमीटेडले लकडाउनको समेत परवाह नगरी कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि अनवरत क्रियाशील स्वास्थ्य कर्मीहरुको व्यक्तिगत सुरक्षा कवच मानिएको पीपीई वितरणको कार्यलाई निरन्तरता दिइरहेको छ ।
यही क्रममा सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायीत्व अन्तरगत ५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हस्तान्तरण गरेको छ ।
बैंकको प्रादेशिक कार्याल्य प्रमुख रविन्द्र केसीले एक औपचारिक कार्यक्रमका बीच पीपीई मुख्यमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।
यसैगरी बैंकको प्रदेश नं. २ को प्रादेशिक कार्यालयले त्यहाँको सामाजिक विकास मन्त्रालयलाई २५ थान पीपीई हस्तान्तरण गरेको छ । ती पीपीई बैंकका प्रदेश प्रमुख रोहित महासेठले २ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई हस्तान्तरण गरेका थिए ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ ।
बैंकले देशका सातैवटा प्रदेशसम्म पीपीई हस्तान्तरणको योजना बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago