काठमाण्डौ। लक्ष्मी बैंक लिमिटेडले माउन्ट रसुवा हाइड्रोपावर प्रालिद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ।
कर्जा लगानी सुविधाका सम्बन्धमा आज लक्ष्मी बैंक र माउन्ट रसुवा हाइड्रोपावरबीच सम्झौता भएको हो। उक्त आयोजनाको निर्माण लागत जम्मा २ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ रहेको छ। बैंकहरुले आयोजना लागतको ७० प्रतिशत र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहनेछ।
माउन्ट रसुवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदसम्बन्धी सम्झौता २०७५ साल माघ ७ गते भएको थियो। उक्त आयोजना निर्माणका लागि ऊर्जा मन्त्रालयबाट मिति २०७७ साल कात्तिक ३ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ।
माउण्ट रसुवा हाइड्रोपावरलाई रसुवा कन्स्ट्रकसन प्रालिलगायत अन्य व्यक्तिहरुले प्रवर्द्धन गरेका छन्। अध्यक्ष राजेन्द्रराज आचार्य छन्।
उत्पादन क्षमता १३.४२४ मेगावाट रहेको माउन्ट रसुवा हाइड्रोपावरले झन्डै ८३.१७ गेगावाट आवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ। यो आयोजना सन् २०२३ जुलाई २० बाट सञ्चालनमा आउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19