काठमाण्डौ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज लभ्स ग्रिन’  अभियानअन्तर्गत वार्षिक साइकल र्‍यालीको १२ औँ संस्करण चैत १९ गते शनिबार काठमाण्डौमा आयोजना गरेको छ।

टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकलयात्रीको सहभागितामा सुरु भएको र्‍याली १३ किलोमिटरको दूरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमा गई सम्पन्न भएको थियो। र्‍यालीपश्चात विभिन्न पेसा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १ हजार भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगीतिक प्रस्तुतिलगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो। 

कार्यक्रम लक्ष्मी बैंकको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो।

लक्ष्मी केयर्सले उज्यालो अभियानअन्तर्गत जनचेतना अभिवृद्धि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरणमैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल ¥याली कार्यक्रमको आयोजना गर्दै आएको छ। यो अभियानअन्तर्गत यसअघि लक्ष्मी केयर्सले बागमति पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढीमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्यबत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ।