काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ। ती एक्सटेन्सन काउन्टरहरु महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा स्थापना भएका हुन्।
यी एक्स्टेन्सन काउन्टरहरुको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटीएम, २ हजार ५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ।
यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ।
यसका साथै बैंकले ग्राहकलाई उनीहरुकै रोजाइका माध्यम अर्थात शाखा कार्यालय, एटीएम, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago