काठमाण्डौ। नेपालका लागि हुन्डाई गाडीको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्लोबल आइएमई बैंक लिमिटेडसँग आफ्नो इलेक्ट्रिक भेहिकल (ईभी) का लागि वित्तीय विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
ग्लोबल आइएमई बैंकका साना तथा मझौला ऋण विभागका प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रसाद सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापछि ग्राहकले आफ्ना हुन्डाई ईभीहरु ग्लोबल आइएमई बैंकमार्फत १२.९९% ब्याजदरमा फाइनान्स गर्न सक्नेछन्। यो योजनाअन्तर्गत खरिद गरिएका सवारीसाधन ३ दिनभित्रमा उपलब्ध गराइनेछ।
बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर पूरा गरेपछि ग्लोबल आइएमई बैंक चुक्तापुँजीको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक हुनेछ। यसरी दुई पक्षबीच भएको सम्झौताले हुन्डाईका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहजता प्रदान गर्ने विश्वास लिइएको छ।
ग्राहकले ग्लोबल आइएमईको कुनैपनि शाखा वा हुन्डाईका देशभर रहेका १७ वटा शोरुममा गएर सम्बन्धित विभागमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन सक्नेछन्। हुन्डाईको KONA र IONIQ 5 नेपालमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीमा पर्छन्। यो सम्झौतासँगै ग्राहकले दुवै विकल्प सजिलै खरिद गर्न सक्नेछन्।
हुन्डाई मोटर कम्पनीले दिगो विकासको लागि गरेको प्रतिबद्धतासँग हुन्डाई नेपालले ऐक्यबद्धता जनाउँदै आफ्नो 'Be (v) the change' अन्तर्गत विभिन्न सामाजिक–आर्थिक योजना अगाडि बढाएको छ। ग्लोबल आईएमई बैंकसँग भएको यो समझदारीले पनि देशैभरीका विद्युतीय सवारीप्रेमीलाई सवारीसाधन खरिद गर्न प्रोत्साहन गर्दै दिगो भविष्यको लक्ष्यमा अगाडि बढ्न सघाउने आशा गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19