काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको प्रतिबद्धतास्वरुप काठमाण्डौ विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलालाई छात्रवृत्ति प्रदान गर्न काठमाण्डौ विश्वविद्यालयसँग समझदारी गरेको छ।
सोसम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा काठमाण्डौ विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्राडा विपिन अधिकारीले हस्ताक्षर गरेका छन्।
उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ। छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनौटसम्बन्धी प्रक्रिया काठमाण्डौ विश्वविद्यालयकै मातहतमा हुनेछ भने बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवर्द्धन गर्नेछ।
छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले रु. १ करोडबराबरको अक्षय कोषको स्थापना गर्नेछ। सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययनसम्बन्धी खर्च व्यहोर्न प्रयोग हुनेछ।
लक्ष्मी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व रणनीतिअन्तर्गतको प्रमुख प्राथमिकतामा रहेको लैंगिक समानताको उत्थानका लागि यस छात्रवृत्ति कार्यक्रमका माध्यमबाट योगदान पुर्याउँदै महिलाहरुले फरक पृष्ठभूमिका बाबजुत उपयोग्य तथा आफ्नो छनौटको पेसा अवलम्बन गर्न आवश्यक सहायता, आत्मविश्वास तथा दक्षता प्राप्त गरी समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छ।
समृद्ध नेपाल निर्माणका लागि आधाभन्दा बढी जनसंख्या ओगट्ने महिलावर्गको सशक्तीकरण अत्यावश्यक रहेको बैंकको धारणा रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago