काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका छन्।
अध्यक्ष नेपालले बैंकको संस्थापक सेयरधनी नागरिक लगानी कोषका तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago