काठमाण्डौ । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘अरेन्ज सेभिङ्स प्लस’ बाट ग्राहकले अब ४.५% वार्षिक ब्याजदरका साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यो खाता भएका ग्राहकले रु. १ लाखसम्मको वार्षिक स्वास्थ्य बीमा र रु. १० लाखसम्मको दुर्घटना मृत्युु÷अक्षमता बीमा सुविधा पाउन सक्नेछन्। यतिमात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंकका डेबिट कार्ड नेपालभर कुनै पनि एटीएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिने बैंकले जनाएको छ।
अझ नयाँ वर्षको अफरअन्तर्गत वैशाख महिनाभरि यो खाता खोल्ने ग्राहकले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड ‘अरेन्ज कार्ड’ निःशुल्क प्राप्त गर्ने बैंकले जनाएको छ। यो अफर ‘अरेन्ज सेभिङ्स प्लस वर्तमान ग्राहकहरुका लागि पनि लागू हुनेछ।
यसैगरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुका लागि ल्याइएको विशेष खाता ‘शुभश्री लक्ष्मी बचत खाता’ मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याजदर प्रदान गरिरहेको छ।
थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाइटमा जान सक्ने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19