काठमाण्डौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ।
नारीहरुको महान चाड तीजको विशेष अवसर पारेर नारीहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ। यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकले न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन्। यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याइएको प्रभु क्यापिटलले जनाएको छ। यस योजनामा संलग्न भएका ग्राहकले यस क्यापिटलका अन्य पीएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी ग्राहकले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजरजस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ। यस योजनाको विस्तृत विवरण पाउनका लागि ग्राहकले प्रभु क्यापिटलअन्तर्गत पीएमएस हटलाइन सपोर्ट नं ९८४००७६२०० तथा ०१–५९७०२०० मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago