काठमाण्डौ । मल्पी इन्टरनेसनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एन्ड इन्स्योरेन्सले आफ्ना कर्पोरेट साझेदारहरुसँगको सहकार्यमा गत ६ मार्चदेखि ११ मार्चसम्म लगानी साक्षरता बुटक्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ।
यो बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेका सबैको लागि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको थियो। बुटक्याम्प ६ दिनसम्म चलेको थियो। जसमा सहभागीलाई नेपालको सेयर बजारमा आफ्नो लगानी कसरी तत्काल सुरु गर्न सकिन्छ भन्नेबारे जान्न आवश्यक पर्ने आधारभूत कुराहरुको जानकारी दिइएको थियो।
बुटक्याम्पमा सेयर बजारमा आफ्नो यात्रा सुरु गर्ने योजनामा रहेकाहरुका लागि विशेष रुपमा प्रस्तुत गरिएको थियो।
बुटक्याम्पको अवधिभर मल्पीसँग एनआईबिएल एस क्यापिटल लिमिटेड र अनलाइन सेक्युरिटिज प्रालिका विशेषज्ञहरु थिए।
बुटक्याम्पमा यस क्षेत्रका विशेषज्ञहरु एसएमटीएम क्यापिटल र दिलीपकुमार मुन्नाकर्मीजस्ता ब्यक्तित्वमार्फत सबैलाई बहुमूल्य जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागीहरुले धेरै प्रश्न पनि सोधे र सबैको शंका हटाउन तथा सहभागीको जिज्ञासा मेटाउन विशेषज्ञहरुले आआफ्ना विचार व्यक्त गरे।
यस सत्र मल्पीको फेसबुक पेजमा पनि लाइभ गरिएको थियो र प्रस्तुतिसहित सत्रको सबै रेकर्डिङहरु एनसेल पाठशाला वेबसाइटमार्फत हेर्न सकिन्छ। (https://ncellpathshala.com/)
यदि तपाइँले सत्रमा भाग लिने अवसर गुमाउनुभएको छ भने तपाइँले एनसेल पाठशालामा सत्र हेर्न सक्नुहुन्छ। यदि तपाइँ पूर्ण पाठ्यक्रममा उपस्थित हुन चाहनुहुन्छ वा नोट सहित रेकर्डिङ गर्न चाहनुहुन्छ भने एनसेल पाठशालामा जानुहोस् र वेबिनार खण्डअन्तर्गत प्रत्येक दिनको रेकर्डिङका लागि हाम्रो ब्यानरमा क्लिक गर्नुहोस्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19