काठमाण्डौ । स्थानीय निकायको पहिलो चरणको निर्वाचन अन्तरगत ललितपुर महानगरपालिकाको मतगणनाको क्रममा एमाले र कांग्रेसले लुकामारी खेलिरहेका छन् । केही घण्टासम्म एमालेले अग्रता लिएको ठाउँमा फेरि कांग्रेसले अग्रता लिने र पुनः एमालेकै अग्रता फर्किने गरी लुकामारी चलिरहेको हो । 

केही घण्टादेखि ललितपुर महानगरमा कांग्रेसका मेयर पदका उम्मेद्वार चिरिबाबु महर्जनले अग्रता लिइरहेको बेला पछिल्लो मत परिणाम अनुसार एमालेका हरिकृष्ण व्यञ्जनकारले फेरि कांग्रेसलाई पछाडि पारेका छन् । व्यञ्जनकारले ८१५० मत ल्याउँदा महर्जनले ७९४२ मत ल्याएका छन् ।