काठमाण्डौ। भूमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ।
२०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घरठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो। कार्यालयले सूचनजामार्फत जग्गाधनीलाई उक्त जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको छ।
सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जबाफ नदिए उक्त जग्गा सरकारको नाममा नामसारी हुने सूचनामा जनाइएको छ।
उक्त विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा रहेको सूचनामा जनाइएको छ। उनको र उनको परिवारको गरी २२ कित्तामा ३ हजार २७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर कार्यालयको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19