काठमाण्डौ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
ललित निवास जग्गा प्रकरणमा गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाण्डौको नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको गुरुङमाथि आरोप छ। उनी प्रहरीको फरारको सूचीमा रहेका थिए।
यस प्रकरणमा शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतो गुरुङले सबैभन्दा धेरै जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको थियो।
विशेष अदालतले २०७७ माघमा सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा गुरुङलाई २ करोड रुपैयाँ धरौटीमा छोडेको थियो।
अहिले कीर्ते मुद्दामा अनुसन्धान भइरहेको सीआईबीका एक अधिकारीले बताए। ‘त्यसैले थप अनुसन्धानका लागि गुरुङलाई पक्राउ गरिएको हो’, ती अधिकारीले भने।
पक्राउ परेका गुरुङ प्रभु, कुमारी, हिमालयनलगायतका बैंकका सञ्चालक, आधा दर्जन बीमा कम्पनीका प्रमोटर तथा सेयर बजारका ठूला खेलाडीसमेत हुन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19