काठमाण्डौ । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानाहरुमा विशेष छुट दिने घोषणा गरेको छ।

लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। 

लस्कर फुड्सले आजदेखि अनलाइन प्रतियोगितासमेत आयोजना गरी २ जनालाई फुड कुपन भाउचरको व्यवस्था गरेको छ। दुईजना विजेता ग्राहकले चाहेको खानेकुरा जित्न सक्ने कम्पनीले जनाएको छ। 

रु. १ हजार ५०० बराबरको खानेकुरा एपबाट मगाई वा लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरी विजेताले मगाउन सकिने लस्कर फुडसका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए। ग्राहकले केही नियमको पालना गरी फुड कुपन जित्न सक्ने उनको भनाइ छ। 

नेपालीको महान चाडपर्व नजिकिएसँगै कम्पनीले क्रमशः विभिन्न अफरहरु ल्याउने पनि ओस्ती बताउँछन्। लस्कर फुड्सको प्रमुख आकर्षण नै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै उपलब्ध गराउने लक्ष्य रहेको उनले सुनाए। 

तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नु नै लस्कर फुड्सको प्रमुख उद्देश्य हो। लस्कर फुड्सले खाना पुर्याएको डेलिभरी चार्ज लिँदैन। प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेको छ।  

ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सीधै फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने ओस्ती बताउँछन्।