काठमाण्डौ । गरिमा विकास बैंकले लस्कर फुड्सको कर्पोरेट लन्च प्याकेज लिने भएको छ।

सम्झौताअनुसार अब लस्कर फुड्सको कोर्पोरेट लन्च प्याकेज गरिमा विकास बैंकको शाखा–शाखामा पुग्नेछ। 

लस्कर फुड्सले हाइजेनिक किचेनको अवधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो। ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घर–घर र कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ। यहीअनुरुप गरिमा विकास बैंकले लस्कर फुड्सको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिएको हो। 

काठमाण्डौ उपत्यकाका कार्यालय अफिसहरुलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा खुवाउने लक्ष्य लस्कर फुड्सले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए। 

लस्कर फुड्सले सुलभ रकम र समयमै हाइजेनिक खाजा खुवाउने लक्ष्य लिएको छ। लस्कर फुड्सको पहिलो कर्पोरेट लन्च प्याकेज गरिमा बिकास बैंकले लिएको हो। 

लस्कर फुड्सले आकर्षक ‘कोर्पोरेट लन्च अफर’ ल्याएको छ। लस्कर फुड्सको कोर्पोरेट लन्च प्याकेजको सदस्यता लिन लस्कर फुड्सको कार्यालयमा सम्पर्क गरेर बुझ्न सकिने ओस्तीले बताए।