काठमाण्डौ । लिंकन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त कलेजका कार्यकारी सम्मिलित शिक्षण सिकाइ कार्यशाला मलेसियामा सम्पन्न भएको छ।
लिंकन विश्वविद्यालयले आयोजना गरेको शिक्षण सिकाइ कार्यशालामा सहभागी हुन नेपालका सम्बन्धन प्राप्त ११ कलेजका कार्यकारीहरु सहभागिता जनाएका छन्। नेपालमा सञ्चालन भएका ११ कलेजका १६ जना कार्यकारीहरु उक्त सम्मेलनमा सहभागी भएका हुन्। कार्यक्रम ३१ मेदेखि १ जुन २०२२ सम्म सञ्चालन भएको थियो।
आयोजित कार्यक्रमममा शिक्षण सिकाइसम्बन्धी, शिक्षण सिकाइमा आधुनिक प्रयोग, नतिजा मुखी शिक्षण विधि तथा ब्लुम ट्यक्सोनोमीलगायतका विषयवस्तुमा प्रशिक्षण प्रदान गरिएको थियो। जुन विधिलाई संसारमै उत्कृष्ठ शिक्षण सिकाइको विधिका रुपमा लिइन्छ।
उक्त कार्यक्रमको अध्यक्षता विश्वविद्यालयका अध्यक्ष प्रोफेसर डाक्टर अमिया भौमिकले गरेका थिए साथै विश्वविद्यालयका प्रा. कुलपति प्रोफेसर दातुक डा. हजाह विवि फ्लरिना अब्दुल्लाह, प्रा. दतिन डा. हफिजा चे हसन, प्रा.डा. अविजित घोष, ए. प्रा.डा. लुबाना, ए.प्रा.डा. मिदुन, डा. राजा गोपाललगायतका विशिष्ट व्यक्तिहरुको प्रशिक्षणमा कार्यशाला सम्पन्न भएको थियो। कार्यक्रमको अन्त्यमा विश्वविद्यालयका अध्यक्ष द्वारा उक्त कार्यशालाका बिषयवस्तुमा नेपालमा पनि नयाँ खालका कार्यशाला सञ्चालनको प्रतिबद्धता व्यक्त गरेका थिए।
लिंकन युनिभर्सिटी कलेज सन् २००२ मा सञ्चालन भई सन् २०११ मा विश्वविद्यालयमा अपग्रेडाब भएको थियो। विश्वविद्यालय मलेसियन क्वालिफिकेसन एजेन्सी र मिनिस्ट्री अफ हायर एजुकेसनबाट सर्वोत्कृष्ठ प्राइभेट विश्वविद्यालयको दर्जा प्रदान गरिएको छ।
आईएसओ ९००१ः२०१५ बाट सर्टिफाइड यस विश्वविद्यलय फाइभ स्टार रेटिङ तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयलाई श्रेणी प्रदान गर्ने टाइम्स हायर एजुकेसन युनिभर्सिटी इम्पयाक्ट र्यानकिङअन्तर्गत मलेसिया मा शीर्ष ३ र विश्वभरका विश्वविद्यालयबीच शीर्ष २०१–३०१ को श्रेणीमा रहेको छ।
लिंकन विश्वविद्यालय सम्बन्धन र नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमति तथा त्रिभुवन विश्विद्यालयको समकक्षता प्रदान भई नेपालमा ११ वटा कलेज सञ्चालनमा छन्। उद्यमशीलता, व्यवसाय तथा व्यवस्थापन, होटेल व्यवस्थापन तथा पर्यटन, सूचना प्रविधि तथा कम्प्युटर विज्ञान विषयमा कलेजहरुले उच्च शिक्षा प्रदान गरिरहेका छन्। गत चैतमा यसै विश्वविद्यालयको दीक्षान्त समारोह गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा सम्पन्न भएको थियो। उक्त समारोहमा ११ ओटा कलेजका २५०० बढी विद्यार्थी स्नाताक र स्नाकोतर तहमा दीक्षित भएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago