काठमाण्डौ । लिट्मस केबल्सले इलेक्ट्रीशियनहरुलाई लक्षित गरी ‘लिटमस केबल्सः इको वायरिंग स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक सात महिने राष्ट्रव्यापी योजना ल्याएको छ ।

कम्पनीले यसको मुख्य उदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्नु रहेको बताएको छ ।लिट्मस केबल्सको इको वायर-जेड एच, नेपालकै पहिलो जेरो हेलोजेन तार हो, जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पिभिसी पोलिमरहरूद्वारा बनाइएको तार हो ।

उक्त योजना अन्तर्गत इलेक्ट्रीशियनहरुले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, १०० कोइल्सको खरिदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरिदमा एयर कुलर, ५०० कोइल्सको लागि मुक्तिनाथको यात्रा अथवा मोबाइल र १ हजार कोइल्सको खरिदमा टिभी जस्ता आकर्षक उपहारहरु जित्ने अवसर पाउने कम्पनीले बताएको छ ।

साथै, १ हजार ५०० कोइल्सको खरीदमा, तपाईंले वासिङ्ग मशिन जित्ने मौका पानेछ र २ हजार ५०० कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउन सक्ने कम्पनीले बताएको छ ।

 योजनामा सहभागी हुन इलेक्ट्रीशियनहरूले इको वायर(जेड खरिद गरि कुपनहरु नजिकैको लिटमस केवल्सको डिलरमा आफ्नो नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको विस्तृत जानकारी बुझाउनु पर्नेछ।

उक्त योजना अन्तर्गत जम्मा भएको कुपनको आधारमा स्मार्ट वाच, ड्रिल मेसिन, एयर कूलर, मुक्तिनाथको यात्रा, मोबाइल, टिभी, वाशिङ्ग मशिन र दुबई यात्रा लगायतका उत्कृष्ट उपहारहरू जित्न सक्नेछन । कम्पनीका अनुसार, यो योजना २०८०, पुस १ गतेदेखि असार ३१, २०८१ गतेसम्म लागू हुनेछ ।