काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। 

आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल भएकोमा पर्वतारोही शेर्पालाई बैंकले प्रगतिको कामनासहित सम्मानपत्र प्रदान गरेको छ। 

सम्मानपत्र बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा एक कार्यक्रमका बीच प्रदान गरेका थिए। 

पर्वतारोही शेर्पा विगत २ दशकदेखि लुम्बिनी विकास बैंकमा निरन्तर सहयात्री बनी आबद्घ छन्। उनले यो कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफूले २८औँ पटक आरोहण गरेको जानकारी दिए। 

शेर्पाको यो साहसिक कार्यले लुम्बिनी विकास बैंकलाई गौरवान्वित बनाएको छ।