काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। 

वार्षिकोत्सवका अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत टोखा नगरपालिका–७ बसुन्धराको धापासीस्थित पवित्र समाज सेवा नेपालमा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकालाई विद्यालय पोसाक वितरण गरेको छ। 

यसका साथै बैंकले वार्षिकोत्सवकै उपलक्ष्यमा संस्थामा २० वर्षभन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीलाई सम्मान गरेको छ। सञ्चालक समितिका सम्पूर्ण सदस्यहरु र व्यवस्थापनको उपस्थितिमा बंैकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले संयुक्त रुपमा कर्मचारीहरुलाई दीर्घसेवा पदक र मायाको चिनो प्रदान गरेका थिए। 

बैंकका प्रमुख कार्यकारी अधिकृत बोहराले उपस्थित सम्पूर्णमा शुभकामनासहित स्वागत मन्तव्य राखेका थिए। अध्यक्ष भट्टराईले सम्पूर्ण ग्राहक, सेयरधनी तथा कर्मचारीलाई शुभकामना तथा बधाइ दिए। 

हाल बैंकले ७ वटै प्रदेशमा ८९ वटा शाखा तथा एउटा एक्सटेन्सन काउन्टरमार्फत कारोबार गर्दै आएको छ। बैंकले ‘निरन्तर सहयात्रा’” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरुसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा ‘मासिक’ रुपमै ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणादेखि १० गुणासम्म हुने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको छ।