काठमाण्डौ । लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजीलिंक रेमिट्यान्सको नेपालयभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्नेछन्। साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्समार्फंत पठाएको पैसा ग्राहकले लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने विभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्नेछन्। 

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलप्रसाद अर्यालले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। यो सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुने लुम्बिनी विकास बैंकको विश्वास छ। 

‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीएस, मोबाइल बैंकिङ, एटीएम, लकरलगायतका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करिब २ लाख ७० हजार ग्राहकलाई सरल एवं सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।