काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँका ग्राहकलाई बैंकिङ सेवा पुर्याउने उद्देश्यले सोमबार थप तीन शाखा सञ्चालनमा ल्याएको छ।
नयाँ खोलिएका शाखाहरुमा ७० औँ शाखाका रुपमा झापाको दमक नगरपालिका–६ थानारोडस्थित दमक शाखा, ७१ औँ शाखाका रुपमा झापाकै बिर्तामोड नगरपालिका–४ भद्रपुररोडस्थित बिर्तामोड शाखा र ७२ औँ शाखाका रुपमा नवलपुरको कावासोती नगरपालिका–२ सभापतिचोकस्थित कावासोती शाखा रहेका छन्।
बैंकको बिर्तामोड शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल तथा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीबाट संयुक्त रुपमा, दमक शाखाको उद्घाटन बैंकका सञ्चालक केशव खतिवडा तथा दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाबाट संयुक्त रुपमा र कावासोती शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई तथा उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेलबाट संयुक्त रुपमा सम्पन्न भयो।
हाल बैंकको शाखा सञ्जाल देशका ७ वटै प्रदेशका २९ जिल्लामा पुगिसकेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago