काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेकोमा सम्मान गरेको छ। 

बधाइ तथा सम्मान कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारमा सम्मान गरेका हुन्। यसका साथै उनले २५ औँ पटक सगरमाथाको सफल आरोहण गरी नेपाललाई विश्वसामु चिनाउनमा एउटा महत्वपूर्ण भूमिका निभाएकोमा शेर्पालाई हार्दिक बधाइ तथा शुभकामना पनि व्यक्त गरे। 

कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकमा ‘निरन्तर सहयात्री’ बनि आबद्घ छन्। उनको यो कीर्तिमानी आरोहण आफ्ना लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालका लागि आफूले सगरमाथा २५ औँपटक आरोहण गरेको जानकारी दिए। 

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ७२ शाखा र १७ वटा एटीएमबाट आफ्ना करिब २ लाख ७० हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकले आफ्ना ग्राहकलाई  निःशुल्क डेबिट÷एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ।