काठमाण्डौ। लुम्बिनी विकास बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्ट प्रालिमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनका लागि सम्झौता गरेको छ।

कुटी रिसोर्ट पोखराको मुटु तथा मुख्य पर्यटकीयस्थल फेवातालको नजिक रहेको छ। सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टका विभिन्न सेवा तथा सुविधामा २५% सम्म छुट प्रदान गर्नेछ। कुटी रिसोर्टको विभिन्न सेवा तथा सुविधाअन्तर्गत ग्राहकले खाना तथा बस्न, व्यायम तथा स्वास्थ्य क्लब, स्विमिङ पुल, स्पा तथा स्उनाको आनन्द लिन सक्ने छन्।

सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटी रिसोर्टका तर्फबाट मेनेजिङ डाइरेक्टर देवेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ७२ शाखा र १७ वटा एटीएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई उच्च स्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

हाल बैंकले आफ्ना ग्राहकलाई निःशुल्क डेबिट÷एटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ।